'सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो'

बैशाख ४, २०८३

मलंगवा,०४ बैशाख । नेपाल–भारत सीमामा कडाइ बढेसँगै मलङवा बजारमा माछाको आपूर्ति ठप्प हुँदा मूल्य उल्लेख्य रूपमा बढेको छ । सीमापारबाट आउने माछा रोकिएपछि स्थानीय बजारमा अभाव चुलिएको हो । मलङवा नगरपालिका–९ स्थित जनसागर पोखरी बजारमा आज भारतबाट आउने माछा व्यापारीहरूको उपस्थिति न्यून देखिएपछि बजार सुनसान जस्तै बनेको छ । दैनिक रूपमा भारतबाट ठूलो मात्रामा आउने माछामा निर्भर बजार एकाएक आपूर्ति विहीन हुँदा मूल्यमा तीव्र उछाल आएको देखिएको छ । बजार व्यवस्थापनसँग जोडिएका साझेदार हारुण बैठाका अनुसार हाल रोहु र बिझठ माछा प्रतिकेजी ४०० रुपैयाँमा बिक्री भइरहेको छ भने गइँचा माछा ११०० रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ । “अहिले मागअनुसार आपूर्ति नभएकै कारण मूल्य बढेको हो,” उनले बताए ।

विज्ञापन
No data was found

भारतीय एक ब्यापारीका अनुसार भारतको सोनबरसाबाट सधैं माछा लिएर आएर मलंगवाको बजारहरुमा बेच्दै गरेकोमा आज सिमामा माछा ल्याउन अनुमति नदिएकोले नेपाली माछा नै खरिद गरी बेचिरहेको बताए । स्थानीय व्यापारीहरू भन्छन्, केही दिनअघिसम्म सहज रूपमा उपलब्ध हुने माछा अहिले सीमित मात्रामा मात्र पाइरहेका छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने