'सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत'

चैत्र २४, २०८२

सर्लाही,२४ चैत । ‘एकता र स्वास्थ्य हाम्रो साझा लक्ष्य’ भन्ने नारासहित सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवस २०२६ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्था तथा सरोकारवालाको सहभागितामा दिवस मनाइएको हो ।
फ्रन्टलाईन डाक्टर्स नेपाल मधेशको आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रमा एकता, सहकार्य र वैज्ञानिक दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । दिवसको अवसरमा जनचेतनामूलक ¥यालीसँगै विशेष म्याराथन कार्यक्रम पनि आयोजना गरिएको थियो । सदरमुकाम मलंगवा–१० स्थित तिनबिघे मैदानबाट सुरु भएको दौडमा स्वास्थ्यकर्मी, विद्यार्थी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । म्याराथनतर्फ पुरुष र महिला तर्फ प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुषतर्फ र महिलातर्फ प्रथम हुने क्रमश डा. पुरुषोत्तम प्रसाद यादव र रिता कुमारी सिंहलाई जनही ५ हजार, त्यस्तै, दोस्रो हुने पुरुषतर्फ सर्लाही मेडिकेयर प्रा.लिका गोविन्द कुमार साह र महिलातर्फ तिरुपति बालाजी पोलिक्लिनीक प्रा.लि.का बबिता कुमारी यादवलाई जनही ३ हजार र तेस्रो हुने पुरुषतर्फ विष्णु गाउँपालिकाका स्वास्थ्यकर्मी सरोज कुमार यादव र महिलातर्फ प्रादेशिक अस्पतालका रन्जना कुमारी यादवलाई जनही २ हजार रुपैयाँ नगद राशि पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रम सफल बनाउन सुमित कुमार पोलिक्लिनीक एण्ड डाईग्नोस्टिक सेन्टर,सर्लाही मेडिकेयर प्रा.लि.,तिरुपति बालाजी पोलिक्लिनीक प्रा.लि.र जगदम्बा पोलिक्लिनीक प्रा.लि.लगायतका स्वास्थ्य संस्थाहरुले सह–प्रायोजक गरेको कार्यक्रमका सहजकर्ता एवं संयुक्त सचिव डा. पुरुषोतम यादवले बताए ।
कार्यक्रममा प्रादेशिक अस्पताल मलंगवाका निमित मेसु रामप्रकाश साह,ले स्वास्थ्य सेवामा सुधार, जनचेतना अभिवृद्धि तथा आपसी समन्वय बढाउने प्रतिबद्धता जनाएका छन ् ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने

सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने आरोपमा ९ जना बिचौलिया नियन्त्रणमा