'सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने आरोपमा ९ जना बिचौलिया नियन्त्रणमा'

चैत्र २२, २०८२

सर्लाही,२२ चैत । सर्लाहीमा सेवाग्राहीसँग अतिरिक्त रकम माग गरी सरकारी कामकाजमा प्रभाव पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।आज मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवामा सेवाग्राहीसँग अवैध रूपमा रकम माग गर्दै गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब निरीक्षक बालकृष्ण फुयालको कमाण्डमा खटिएको ४ सदस्यीय टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।ट्रायल सेन्टरबाट मलंगवा नगरपालिका–६ निवासी २७ वर्षीय जयप्रकाश साह र वडा नं. ८ निवासी २० वर्षीय रबि साह पक्राउ परेका छन् ।

विज्ञापन
No data was found

त्यस्तै मालपोत कार्यालयबाट हरिपुर्वा नगरपालिका–६ निवासी ४० वर्षीय प्रमोदकुमार यादव, मलंगवा–१ निवासी ५८ वर्षीय नन्दकिशोर यादव, ब्रह्मपुरी गाउँपालिका–७ निवासी ४५ वर्षीय नागेन्द्र यादव, चन्द्रनगर गाउँपालिका–१ निवासी ४५ वर्षीय रामबिनय राय, कबिलासी नगरपालिका–१ निवासी ३२ वर्षीय रन्जनकुमार ठाकुर, चक्रघट्टा गाउँपालिका–२ निवासी ४० वर्षीय प्रमोद साह र ईश्वरपुर नगरपालिका–५ निवासी ४१ वर्षीय योगेन्द्र महतो नियन्त्रणमा परेका छन् । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित