'सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित'

चैत्र २३, २०८२

सर्लाही, २३ चैत । सरकारी निर्णयपछि सुरु गरिएको कारबाहीका कारण सर्लाहीका मालपोत र नापी कार्यालयमा सेवा प्रवाह प्रभावित भएको छ । प्रहरीले लेखापढी व्यवसायी तथा सहजीकरणको काम गर्दै आएका व्यक्तिमाथि धरपकड थालेपछि कार्यालयहरूमा कामकाज अस्तव्यस्त भएको हो । हिजो जिल्ला प्रहरीको सक्रियतामा मलंगवास्थित मालपोत कार्यालयबाट सात जना र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उक्त कारबाहीको विरोधमा लेखापढी व्यवसायीहरूले आज ‘पेन डाउन’ गर्दै काम बन्द गरेका छन् ।

विज्ञापन
No data was found

                   मालपोत कार्यालय बाहिर बसेर सेवा दिँदै आएका लेखन्दासहरूले काम नगर्दा अनलाइन इन्ट्रीदेखि विभिन्न कागजी प्रक्रिया रोकिएको छ । यसका कारण सेवा लिन पुगेका सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । “सरकारले वैकल्पिक व्यवस्था नगरी अचानक यस्तो कदम चाल्दा हामी मर्कामा प¥यौं,” एक सेवाग्राहीले गुनासो गरे । लेखापढी व्यवसायीहरूले पनि आफ्नो रोजगारी संकटमा परेको बताएका छन् । “यति वर्ष यही काम गरेर गुजारा चलाएका छौं, अब यो उमेरमा आएर कसरी जीविकोपार्जन गर्ने?” एक व्यवसायीले दुखेसो व्यक्त गरे ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
25%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
25%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 4

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने

सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने आरोपमा ९ जना बिचौलिया नियन्त्रणमा