'मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण'

चैत्र २५, २०८२

सर्लाही,२४ चैत । नेपालमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा मनोसामाजिक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले “मानसिक स्वास्थ्य सहयोग कार्यक्रम” सञ्चालनमा आएको छ । उक्त कार्यक्रम Swiss Agency for Development and Cooperation  को आर्थिक सहयोग तथा United Nations Resident Coordinator Office, UNICEF, UNFPA / World Health Organization को प्राविधिक सहकार्यमा कार्यान्वयन भइरहेको छ ।

विज्ञापन
No data was found

कार्यक्रमको मुख्य उद्देश्य Sustainable Development Goals अन्तर्गत लक्ष्य ३.४ हासिल गर्न सहयोग पु¥याउनु रहेको छ, जसले मानसिक स्वास्थ्य प्रवद्र्धन र समग्र कल्याणमा जोड दिन्छ। यसै  क्रममा परियोजना टोलीले सर्लाहीको प्रादेशिक अस्पताल मलंगवा स्थित इऋःऋ अन्तर्गत मनोसामाजिक परामर्श इकाइमा पूर्व–परीक्षण (Pre–testing) चरणका लागि स्थलगत भ्रमण गरेको जनाएको छ।

विज्ञापन
No data was found

कार्यक्रम डिसेम्बर २०२५ देखि नोभेम्बर २०२८ सम्म सञ्चालन हुने योजना रहेको छ। नेपालका मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी तीन प्रदेशका चार जिल्ला—सर्लाही, रोल्पा, कपिलवस्तु र रुकुम पश्चिम मा कार्यक्रम सञ्चालन हुनेछ।

विज्ञापन
No data was found

सर्लाही जिल्लाभित्र ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, हरिवन नगरपालिका र मलंगवा गरी चार नगरपालिकामा कार्यक्रम लागू गरिनेछ।
देशभर करिब १२ नगरपालिका समेट्ने यस कार्यक्रमबाट झण्डै ५४ हजार नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा स्थानीय तहमा मनोसामाजिक सहयोग प्रणाली सुदृढ गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको प्रादेशिक अस्पताल मलंगवाका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.सचिन यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने

सेवाग्राहीसँग अतिरिक्त रकम असुल्ने आरोपमा ९ जना बिचौलिया नियन्त्रणमा