श्रावण २९/धनगढी
अखिल (समाजवादी )चौमाला बहुमुखी क्याम्पस इकाई कमिटीले क्याम्पसमा वृक्षारोपण गरेको छ।गौरिगंगा नगरपालिका स्थित क्याम्पसको खालि ठाउँमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको संगठनका ईकाई अध्यक्ष बिन्द्रा सी ले जानकारी दिइन्।उनले क्याम्पसमा गरिएको वृक्षारोपणले क्याम्पसको हरियाली र स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

वृक्षारोपण कार्यक्रममा अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी )का केन्द्रिय कोषाध्यक्ष तथा शुप प्रदेश ईन्चार्ज बबरजङ्ग सी, नेकपा कैलाली सचिव सिताराम सी , संगठनका केन्द्रीय सचिवालय सदस्य तथा कैलाली ईन्चार्ज महेश सी , केस तथा कैलाली संयोजक बिनोद सी , क्याम्पस इकाईका सदस्यहरु, विद्यार्थी, शिक्षक र कर्मचारी लगायतको उपस्थिती रहेको थियो।

वृक्षारोपण गर्नु पुर्व आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय कोषाध्यक्ष बरबरजङ्ग सीले युवा विद्यार्थिहरुलाई अध्ययनका निम्ति स्वच्छ वातावरण आवश्यक पर्ने बताउँदै स्वच्छ वातावरण निर्माण र भविष्यमा आईपर्ने वातावरणिय चुनौतीलाई सामना गर्न वृक्षारोपण कार्यक्रमले टेवा पुग्ने बताए।जलवायु परिवर्तनको असर हामि सबैले भोग्नुपरेको बताउँदै यसको असर न्युनिकरणमा सबैलाई लाग्न अनुरोध गरे । कार्यक्रमको संचालन इकाई अध्यक्ष बिन्द्रा सीले गरेकि थिइन्।