'परीक्षामा प्रश्नपत्र ‘आउट’ गर्न खोज्दा तीन जना परीक्षार्थी नियन्त्रणमा'

चैत्र २०, २०८२

सर्लाही, २० चैत — सर्लाहीको गोडैता नगरपालिका–५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको क्भ्भ् परीक्षाका क्रममा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिर्याउने प्रयास गरेको आरोपमा आज तीन जना परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । बिहान परीक्षा चलिरहेकै समयमा केही परीक्षार्थीले मोबाइलमार्फत प्रश्नपत्र ‘आउट’ गर्न खोजेको पत्ता लागेपछि केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिएर त्यहाँ खटिएको प्रहरीलाई बुझाएका थिए । नियन्त्रणमा पर्नेहरूमा बलरा नगरपालिका–८ गडहिया डुमरियास्थित श्री नमुना माध्यमिक विद्यालयका पृतम यादव र आलोक यादव तथा गोडैता नगरपालिका–५ रामवनस्थित श्री नारायण हरि माध्यमिक विद्यालयका सुमित यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक पदमबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवामा लगिएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने