'गुणस्तरहीन उखु आपूर्तिमा विवाद,महालक्ष्मी चिनी उद्योगद्धारा सिजनअघि नै बन्द गर्ने चेतावनी'

चैत्र २०, २०८२

सर्लाही, २० चैत — सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित श्री महालक्ष्मी चिनी उद्योगले गुणस्तरहीन उखु आपूर्तिको समस्या बढ्दै गएपछि सिजन सकिनुअघि नै उद्योग बन्द गर्न सक्ने चेतावनी दिएको छ। उद्योगले केही किसानबाट सुकेको, वासी तथा सफा नगरी काटिएको उखु जबर्जस्ती बिक्री गराउन दबाब आएको जनाउँदै यस्तो निर्णयतर्फ जानुपरेको जनाएको हो ।
उद्योगका अनुसार हाल दैनिक १६ देखि १८ हजार क्विन्टल उखु क्रसिङ हुँदै आएको भए पनि आपूर्ति हुनेमध्ये करिब ८० प्रतिशतभन्दा बढी उखु सुकेको वा लामो समयअघि काटिएको रहेको छ। यसले चिनी उत्पादनमा प्रत्यक्ष असर पारेको छ भने ‘सुगर रिकवरी’ समेत उल्लेख्य रूपमा घटेको उद्योगको भनाइ छ ।सरकारी मापदण्डअनुसार उखुको रिकवरी दर ९ प्रतिशत हुनुपर्ने भए पनि उद्योगमा ल्याइने उखुमा यो दर घटेर ३ देखि ४ प्रतिशतमा सीमित भएको बताइएको छ । कमजोर गुणस्तरकै कारण उद्योग दैनिक ३० देखि ३५ लाख रुपैयाँसम्म घाटामा गएको उखु महाप्रबन्धक राजेश सिंहलले जानकारी दिए। “यस्तो अवस्थामा उद्योग सञ्चालन गर्नु निकै कठिन भइसकेको छ,” उनले भने ।उद्योगले आफ्नो रिजर्भ क्षेत्रमा उत्पादन भएको उखु भने नियमित रूपमा खरिद गरिरहेको जनाउँदै किसानलाई ताजा र सफा उखु मात्र ल्याउन आग्रह गरेको छ ।
यता गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादवले भने उद्योगले स्थानीय किसानको उखु नकिनी बन्द गर्न खोज्नु उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । उनले अन्य जिल्लाबाट ल्याइने उखु खरिद गर्ने दायित्व स्थानीय उद्योगको नभएको स्पष्ट पारे।
नगर प्रमुख यादवका अनुसार उद्योग, किसान र प्रशासनबीच छलफल भइसकेको छ र अब किसानको सर्वेक्षण गरी उद्योगको कार्यक्षेत्रभित्रका किसानलाई पुर्जी वितरण गरेर मात्र उखु खरिद गरिने व्यवस्था गरिनेछ ।स्थानीय किसान बुधो महतोले भने अन्य उद्योगले फिर्ता पठाएको वा धेरै दिनअघि काटिएको उखु जबर्जस्ती तौल गराउन खोज्दा समस्या बढेको बताए । यसका कारण वास्तविक किसानले ल्याएको ताजा उखु समयमै बिक्री गर्न कठिनाइ भएको उनको गुनासो छ ।
उखु तौल प्रक्रियामा समेत विवादका कारण ७–८ घण्टासम्म ढिलाइ हुने गरेको किसानहरूले बताएका छन्। उनीहरूले गुणस्तरीय, ताजा र सफा उखु मात्र आपूर्ति गर्नुपर्नेमा जोड दिएका छन् ।
उद्योग प्रशासनले आफ्नो क्षेत्रमा रहेको उखु झन्डै एक सातादेखि १० दिनसम्म मात्र पर्याप्त हुने जनाएको छ। वर्तमान अवस्था यथावत रहे सिजन अन्त्य नहुँदै उद्योग बन्द गर्न बाध्य हुने उद्योगको चेतावनी छ ।

विज्ञापन
No data was found

 

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित