'सर्लाहीको ‘मन्त्री परम्परा’ यसपटक टुट्यो'

चैत्र १४, २०८२

सर्लाही,१४ चैत । विगतका प्रायः सबै सरकारमा कम्तीमा एक जना मन्त्री पाउँदै आएको सर्लाही जिल्ला यसपटक भने पूर्ण रूपमा मन्त्रीविहीन बनेको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि स्थापित नेताहरूको अप्रत्याशित पराजयसँगै जिल्लाले केन्द्र सरकारमा आफ्नो प्रतिनिधित्व गुमाएको हो । सर्लाहीबाट सबैभन्दा बढी छ पटक मन्त्री बनेका महेन्द्र राय यादव यसपटक सर्लाही–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतोसँग ३३ हजार ९८९ मतान्तरले पराजित भए । त्यस्तै, पाँच पटक मन्त्री भइसकेका राजेन्द्र महतो पनि सोही क्षेत्रमा हार बेहोर्न पुगे । यसैगरी, नेकपा एमालेका दुई पटक मन्त्री बनेका हरिप्रसाद उप्रेती, एक पटक राज्यमन्त्री भएका शम्भुलाल श्रेष्ठ तथा श्रम मन्त्री भइसकेका रामेश्वर राय यादवसमेत यसपटकको निर्वाचनमा भारी मतान्तरले पराजित भएका छन् । लगातार सरकारमा पहुँच बनाउँदै आएका यी नेताहरूको पराजयले सर्लाहीको पुरानो राजनीतिक समीकरण नै फेरिएको देखिन्छ । 

विज्ञापन
No data was found

निर्वाचनपछि सर्लाहीबाट विजयी भएका चार जना प्रतिनिधि सभा सदस्यहरूमध्ये डा. अमरेशकुमार सिंहको नाम मन्त्री बन्ने चर्चामा थियो । तर, शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तार हुँदा अन्तिम सूचीमा उनी पनि समेटिन नसकेपछि सर्लाही पहिलोपटक मन्त्रीविहीन बनेको हो । राजनीतिक विश्लेषकहरूका अनुसार, यसपटकको परिणामले सर्लाहीमा मतदाताको सोचमा आएको परिवर्तनलाई स्पष्ट संकेत गरेको छ । लामो समयदेखि एउटै नेतृत्वमा निर्भर रहँदै आएको जिल्लाले अब नयाँ अनुहारतर्फ झुकाव देखाएको छ । यद्यपि, मन्त्रीविहीन अवस्थाले केन्द्र सरकारसँगको पहुँच र विकासका सवालमा प्रभाव पार्ने चिन्ता पनि व्यक्त गरिएको छ । अब सर्लाहीबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरूले बिना मन्त्री पनि आफ्नो प्रभाव र सक्रियतामार्फत जिल्लाको विकास र आवाज केन्द्रसम्म कसरी पु¥याउँछन् भन्ने विषय महत्वपूर्ण बन्ने देखिएको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित