'सर्लाहीमा नेकपाबाट उम्मेदवार टुंगो लगायो, नारायणकाजी मधेस झरे'

माघ ३, २०८२

सर्लाही,०३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस प्रदेशको सर्लाही जिल्लाका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ ।पार्टीले सार्वजनिक गरेको जानकारीअनुसार सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट महेन्द्र राय यादव प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् । पार्टीका अनुसार सर्लाही क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाष यादव र क्षेत्र नम्बर १ मा भने सुरेश काफ्लेको नाम चर्चामा रहेको बताइएको छ । यस पटक नारायणकाजी गोरखा छाडेर मधेस प्रदेशको चुनावी मैदानमा उत्रिएका हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् । सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रतिस्पर्धा यस पटक पनि रोचक हुने भएको छ । उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा राजेन्द्र महतोलाई पराजित गरेका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा यादव र महतोबिच पुनः कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
4%
😊
खुशी
2%
😢
दुःखी
2%
🤔
अचम्मित
0%
😆
उत्साहित
92%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 50

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित