'प्रादेशीक अस्पताल मलगंवामा जलन र हाइपोथर्मियाका बिरामीको चाप'

पुस ११, २०८२

सर्लाही,११ पुस । सर्लाही लगायत मधेशमा अत्यधिक चिसो बढेको छ । मानिसहरूले चिसो छल्न दाउरा, गुइँठा र कोइला बालेर ताप्न थालेका छन् । शीतलहर फैलिएका कारण सर्लाहीमा मानिसहरू अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किएका छैनन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेशका विभिन्न ठाउँमा हुस्सु÷कुहिरोले ढाकेर शीतलहर फैलिएको छ । सर्लाहीमा पुस ३ यता शीतलहर देखिएको हो । चिसोबाट बच्न आगो ताप्दा जलनका घटना बढेका छन्। प्रादेशिक अस्पताल मलंगवामा जलन र हाइपोथर्मियाका बिरामीको संख्या थपिइरहेको चिकित्सकहरूले बताए । अस्पतालका चिकित्सक डा. सचिन यादव तापक्रम घटेपछि हाइपोथर्मिया, जलन, भाइरल निमोनिया, कोल्ड डायरिया, दम तथा मुटुसम्बन्धी समस्याका बिरामीको संख्या बढेको बताउँछन् । उनका अनुसार अस्पतालमा आउने अधिकांश हाइपोथर्मिया र जलनका बिरामी गरिब, मजदुर, वृद्धवृद्धा, बालबालिका तथा खुला स्थानमा बसोबास गर्ने ग्रामीण क्षेत्रका व्यक्ति हुन् ।यादवले ‘उपचार गराउन आउने बिरामीमध्ये धेरैजसो हाइपोथर्मिया, जलन, भाइरल निमोनिया, कोल्ड डायरिया, दम र हर्ट अट्याकबाट पीडित छन्। तीमध्ये हाइपोथर्मिया, जलन र भाइरल निमोनियाका बिरामीको संख्या बढी छ।’चिकित्सकका अनुसार बाहिरी चिसोको अत्यधिक प्रभावले शरीरको तापक्रम घटेपछि चिसोबाट बच्न आगो ताप्ने क्रममा जलन हुन सक्छ। लामो समयसम्म चिसोमा बस्दा शरीरको तापक्रम असामान्य रूपमा घटेर हाइपोथर्मियाको समस्या देखिन्छ।मधेश क्षेत्रमा घरभित्र दाउरा, कोइला र गुइँठा बालेर झ्यालढोका बन्द गर्दा निस्कने धुवाँ बाहिर जान नसकी अक्सिजनको मात्रा घट्छ। यस क्रममा कार्बन मोनोअक्साइड शरीरमा प्रवेश गर्दा श्वासप्रश्वासमा समस्या हुन्छ र ज्यानसमेत जाने जोखिम हुन्छ।’चिसो हावामा बस्नु, पर्याप्त न्यानो लुगा नलगाउनु, भिजेको कपडा लगाउनु, राति खुला स्थानमा सुत्नु, पोषणको कमी तथा घरभित्र आगो बाल्दा निस्किने धुवाँ हाइपोथर्मियाका प्रमुख कारण रहेको चिकित्सकको ठहर रहेको छ ।

विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
33%
🤔
अचम्मित
0%
😆
उत्साहित
67%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 3

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित