'नेपालले टप इन्ड टी–२० मा पहिलो जीत हात पार्यो'

भदौ ३, २०८२

काठमाण्डाै । अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपालले चौथो खेलमा पहिलो जीत निकालेकाे छ । पार्मस्टनमा आज भएको खेलमा नेपालले होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो ।

विज्ञापन
No data was found

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको होबर्टले १६ ओभर १ बलमा १ सय १४ रन बनाउँदा सबै विकेट गुमायाे । हाेबर्टका ब्राडली हाेपले सबैभन्दा धेरै ३१ रन बनाए । नेपालका नन्दन यादवले ५ तथा कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र र कुशल भुर्तेलले १/१ विकेट लिए ।

विज्ञापन
No data was found

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका आरिफ शेखले ३३, आसिफ शेखले २९, कुशल भुर्तेलले २७, लोकेश बमले ११ बलमा नटआउट २५ रन जोडे । होबर्ट हरिकेन्सका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले २/२ विकेट लिए ।

विज्ञापन
No data was found

टप इन्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका ३ वटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा ६ वटा खेल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

यो शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

2

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

3

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

4

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

5

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

6

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

7

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा विदेशी नम्बर प्लेटका गाडी चलाउन अनुमति अनिवार्य हुने