दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं ४ का सचिव गोपी चौलागाईंले वडा भित्रका वरिष्ठ नागरिक तथा लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छन्।
विज्ञापन
No data was found
नवीकरण प्रक्रिया अन्तर्गत ९० वर्षीय देवबहादुर शाही, ८७ वर्षीय लक्ष्य जैसी, ८९ वर्षीय पदमा देवी शाही, ८९ वर्षीय जसे कामी, ६९ वर्षीय मनबहादुर शाही, ८५ वर्षीय उज्जली शाही लगायतका लाभग्राहीको घरमै पुगेर नवीकरण गरिएको हो।
विज्ञापन
No data was found
वडा कार्यालयका अनुसार वर्षौंदेखि भत्ता लिइरहेका ज्येष्ठ नागरिक र अन्य लाभग्राहीको सहज पहुँचका लागि घरमै गएर नवीकरण कार्य गरिएको हो। यसले वृद्धवृद्धा, अशक्त तथा टाढा बसोबास गर्ने लाभग्राहीलाई सुविधा पुगेको सचिव चौलागाईंले बताएका छन्।
विज्ञापन
No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0