दैलेख – गए बिहीबार राति तीजको नाँच हेरेर फर्किदै गरेका पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा नं ८ एक १३ वर्षीय बालिकालाई सोही गाउँका अन्दाजी करिब २३ ….र २४ …. वर्षी दुई किशोरले मिलेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले पुष्टि गरेको छ।
बलात्कारको आरोपित ठहरिएका ती युवाहरूले
नाच हेरेर घर फर्किँदै गरेका एकै उमेर समूहका तीन-चार जना बालिकालाई लक्षित गरी लखेटे र लखेट्दा भेटाउन नसकेपछि पछिल्तिरबाट ढुङ्गा हाने, ढुङ्गाले १३ वर्षीया ती बालिकाकाे दाहिने पाखुरामा चाेट लाग्याे उनी ढलिन् तर उनका साथीहरु भागेर ज्यान जोगाएर भाग्न सफल भएको बताइएको छ।
ती बालिकालाई चोट लागेर ढलिसकेपछि आरोपित ठहरिएका ती युवकहरुले बालिकालाई एकान्तमा लिएर पालैपालो बलात्कार गरेको जनाइएको छ।
किशोरीका साथी भनिएका अरु तत्कालै घरमा गएर ती किशोरीका आफन्तलाई जानकारी गराएका थिए अभिभावकहरु घटनास्थल नजिक पुगेको चाल पाएपछि आरोपित भागेको र पीडित बालिका बेहोश अवस्थामा भेटिएको र त्यहीबाट उद्धार गरेर अभिभावकहरुले राति नै बोलेर गाडीमा जिल्ला अस्पताल दैलेख पुर्याएको आधिकारिक स्रोतले बताएको छ।
ढुङ्गाले चाेट लागेर ढलेकी ती बालिकालाई आराेपद्वयले उठाएर एकान्तमा लिएर पालैपालाे बलात्कार गरेका र भागेर जाेगिएका ती बालिकाका साथीहरुले तत्कालै घरमा दिएकाे सूचना अनुसार खाेज्न गएका अभिभावकहरु घटनास्थल नजिक पुगेकाे चाल पाएर आराेपितहरु भागेका र पीडित बालिकालाई बेहाेस् अवस्थामा उद्धार गरिएकाे थियाे ।
शुक्रबार पीडित पक्षले विवरण खुलाई प्रहरीलाई जाहेरी दिएका पछि प्रहरीले त्यही जाहेरीका आधारमा आरोपित भनिएका दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो।
पीडित भनिएकी बालिका लाई चोटपटक लाग्नुका साथै गम्भीर मानसिक तथा शारीरिक समस्या देखिएको र पीडितकाे उपचार दैलेख अस्पतालकाे ओसीएमसीमा भइरहेकाे बताइएको छ। केही हदसम्म स्वास्थ्यमा सुधार भएपनि नियमित रूपमा अस्पतालको रेख देखमा रहनुपर्ने भएको छ।
यता बालिका उपचारका लागि अस्पतालमा रहिरहेको बेला उता आरोपित गराउन पीडित पक्षलाई विभिन्न डर धम्की र त्रास देखाएको पीडित पक्षले बताएका छन्।
पीडितलाई आश्रय र कानूनी उपचारमा साेसेक नेपालले सघाएकाे छ । उता पीडित पक्षले न्यायको लागि हारगुहार गरिरहेका छन्।
वर्षौंदेखि यस्तै महिलाहरूको महान पर्व हरितालिका तीज आउनुभन्दा केही समय अगाडिदेखि नै गाउँघरमा विभिन्न मौलिक तथा आधुनिक तरिकाले रातिको समयमा गाउँका मानिसहरू जम्मा भएर नाचगान तथा रमाइलो गर्ने गरिन्छ। यस्तै बेला यस्ता हत्या हिंसा बलात्कारका घटनाहरू धेरैजसो हुने गर्दछन्। बलात्कार जस्ता घटना भएपनि गाउँ समाजमा पीडित पक्षलाई धम्काएर डराएर र इज्जतमा दाग लाग्छ भन्दै ढाकछोप गरेको देखिन्छ। जसले गर्दा अपराधी हरुको मनोबल बढ्दै
गएको देखिन्छ।