काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ ।
विज्ञापन
No data was found
मूलपानीमा हिजो बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ ।
विज्ञापन
No data was found
प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको छ । आय–व्ययपछि ७ करोड ५३ लाख ९१ हजार दुई सय ५९ रुपैयाँ नाफा देखिएको छ ।
विज्ञापन
No data was found
त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । त्यो रकम ४ करोड ३७ लाख ४० हजार चार सय ७० रुपैयाँ छ ।
बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ रहेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0