'युवा सङ्घ ले रोप्यो  दैलेखमा १५० भन्दा बढी प्रजातिका बिरुवा '

साउन १५, २०८२

 

विज्ञापन
No data was found

राष्ट्रिय  युवा सङ्घ नेपाल को केन्द्रीय कमिटी को निर्देशन अनुसार राष्ट्रिय वृक्षरोपण तथा ७४ औँ मदन भण्डारी जयन्ती दिवसको अवसर पारेर असार १४ गतेबाट साउन १५ गतेसम्म एक महिने देशव्यापी वृक्षारोपण कार्यक्रम अन्तर्गत रहेर राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी दैलेख ले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
No data was found

“एक युवा पाँच बिरुवा संरक्षण प्रकृति को सुरक्षा सन्ततिको ” भन्ने नारालाई आत्मसात गर्दै  जिल्ला कमिटी दैलेख ले  जिल्लाका विभिन्न ठाउँहरूमा   विभिन्न प्रजातिका   करिब  १५० भन्दा बढी बिरुवा हरु रोपिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दैलेख का उपाध्यक्ष देवेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो।

विज्ञापन
No data was found

साथै उहाँले यो कार्यक्रम राष्ट्रिय वृक्षरोपण तथा ७४ औँ  मदन भण्डारी जयन्ती दिवस अन्तर्गतको एक कार्यक्रमलाई मात्रै नहेरेर आफूहरूले  वृक्षारोपण गर्दा वर्तमान अवस्थामा जलवायु परिवर्तनका कारणले  बिग्रिँदै गरेको वातावरणको अवस्थालाई  हेर्दै भविष्यमा यसले पार्न सक्ने समस्या र चुनौतीलाई मध्यनजर गर्दै  उपयुक्त ठाउँमा उपयुक्त बिरुवा रोपिएको हौ।

मानवीय अस्तित्वलाई बचाइ राख्न अर्थात् कुनै  पनि काम गर्नलाई स्वच्छ वातावरण हुनुपर्ने र स्वच्छ वातावरण हुनुपर्योको लागि बोट बिरुवा रोप्न र जगेर्ना गर्न महत्वपूर्ण रहेकाले आफूहरूले यो अभियान मार्फत बिरुवा रोपेको र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू गर्दै जाने बताउनुभयो।

त्यस्तै कार्यक्रममा सहभागी नेकपा एमाले जिल्ला कमिटी दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले राष्ट्रिय युवा सङ्घ नेपालले राष्ट्रिय वृक्षरोपण तथा  ७४ औँ मदन भण्डारी जयन्ती दिवस मा देशैभरि एक महिना वृक्षारोपण गर्ने निर्णय  एकदमै उत्कृष्ट र राम्रो हो।  हाम्रा यतिबेला प्रशस्त ठाउँहरू खाली देखिन्छन् त्यस्ता ठाउँमा वृक्षारोपण गरेर  प्राकृतिक वातावरण लाई समेत सन्तुलनमा राख्न सकिन्छ। राष्ट्रिय युवा संघ नेपाल ले आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू  गरेर अझ केही फरक गर्नसकिने बताउनुभयो।

साथै उहाँले आफूलाई यस कार्यक्रममा सहभागी हुने अवसर खुसी समेत व्यक्त गर्नुभयो।

राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षरोपण तथा ७४ औँ मदन भण्डारी जयन्ती दिवस को अवसरमा देशव्यापी रुपमा वृक्षारोपण कार्यक्रम चलाएको थियो।

कार्यक्रम मा नेकपा एमाले दैलेख जिल्ला  अध्यक्ष ज्यू जनप्रतिनिधि ज्यू हरु युवा संघ नेपाल का नेता बुद्धिजीवी र स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित