'सुर्खेतमा लागुऔषध र हतियार सहित दुई जना पक्राउ'

साउन २, २०८२

सुर्खेत। सुर्खेतमा हतियार र लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति ९ वीरेन्द्रनगर–८ कृष्णमन्दिरस्थित एक घरबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अटोमेटिक चाइनिज पेस्तोल र लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

विज्ञापन
No data was found

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेको सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।

विज्ञापन
No data was found

उनका अनुसार, उनीहरूसँग लागुऔषध तथा हतियार रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । उनीहरू बस्ने कोठामा एक थाना सेमिअटोमेटिक चाइनिज पेस्तोल, पेस्तोलमा लाग्ने १२ राउन्ड गोली, औषधिजन्य लागुऔषध १४ सय २६ ट्याब्लेट, विभिन्न आकारका खुकुरी चार थान, चक्कु दुई थान, बन्चरो एक थान, कैँची एक थान, नाइनस्टिक एक थान बरामद भएको छ ।

विज्ञापन
No data was found

कोठाबाट प्रतिबन्धित वन्यजन्तु जरायोको सिङसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढाथापाले जानकारी दिए । सुर्खेत प्रहरीले अपराध नियन्त्रणका लागि यसलाई महत्त्वपूर्ण सफलतका रूपमा व्याख्या गरेको छ ।

पक्राउ परेका विधानविरुद्ध ०७८ भदौ २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । उनी फरार सूचीमा थिए ।

उनीहरूविरुद्ध हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित