'नेपालले कुवेतविरुद्धबाट टी-२० विश्वकप यात्रा सुरु गर्ने, एशिया छनोट असोज २२ बाट'

असार २८, २०८२

काठमाण्डौ । नेपालले टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

विज्ञापन
No data was found

आज प्रकाशन भएकाे खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ जापानसँग खेल्नेछ । सुपर सिक्सको शीर्ष तीनमा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने विश्व कप खेल्नेछ ।

विज्ञापन
No data was found

नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टी-२० आई सिरिज खेल्नेछ ।

विज्ञापन
No data was found

विश्वकप छनोटमा नेपाल, कुवेत र जापानसहित नाै राष्ट्रको सहभागिता रहने छ । सहभागी नाै राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा यूएई, मलेशिया र कतार रहँदा समूह ‘बी’ मा नेपाल, कुवेत र जापान रहेका छन् ।

समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र समओ रहेका छन् । समूहको शीर्ष दुईमा सुपर सिक्समा पुग्नेछन् । अक्टोबर १२ देखि १७ सुपर सिक्स हुनेछ र त्यसको शीर्ष तीनमा पर्ने टोली विश्व कपमा पुग्नेछ ।

भारत र श्रीलङ्कामा हुने टी-२०  विश्वकप २०२६ मा २० राष्ट्रको सहभागिता रहनेछ । हिजो युरोप क्षेत्रीय छनोटबाट इटली र नेदरल्याण्ड्स छनोट भएसँगै विश्वकप खेल्ने १५ देशको छनोट भइसकेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित