'१८औं गणतन्त्र दिवसको अवसरमा ठाटीकाँधमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न'

जेष्ठ १६, २०८२

कमल शाही २०८२ जेठ १६ शुक्रबार दैलेख। १८औं गणतन्त्र दिवसको अवसरमा ठाटीकाँधमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। गणतन्त्र दिवस जनताको जित र सामाजिक न्यायको उत्सव भन्ने मूल नाराका साथ नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटीको आयोजनामा “गणतन्त्रको संस्थागत विकासमा नेकपा (एमाले) को भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता भव्य र सभ्य का साथ सम्पन्न भएको छ।

विज्ञापन
No data was found

विज्ञापन
No data was found

ठाटीकाँध गाउँपालिकाका विभिन्न वडाबाट आएका युवाहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा सहभागीतामार्फत युवाहरूमा राष्ट्र, संविधान र गणतन्त्रप्रतिको चेतना अभिवृद्धि भएको आयोजकले जनाएको छ।

विज्ञापन
No data was found

प्रतियोगितामा ठाटीकाँध–४ की जमुना सिजापती प्रथम स्थान हासिल गर्न सफल भइन्। यस्तै, ठाटीकाँध–२ की सरिता बोगटीले द्वितीय स्थान र अनिल कुमार थापाले तृतीय स्थान प्राप्त गरे। ठाटीकाँध–६ का खगेन्द्र तिरुवा सान्त्वना स्थानमा तथा ठाटीकाँध–२ की पबित्रा देवकोटा पाँचौं स्थानमा चयन भए।

निर्णायक मण्डलले विषयवस्तुमा पकड, प्रस्तुतिको शैली, आत्मविश्वास, भाषा प्रवाह र सन्देश सम्प्रेषण क्षमतालाई मूल्यांकनका प्रमुख आधार बनाएको थियो।

कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेताहरू, बुद्धिजीवी, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्तृत्व प्रतियोगिताको माध्यमबाट स्थानीय युवामा राजनीतिक चेतना र नेतृत्व विकासका सम्भावनाहरू उजागर भएको सहभागीहरूले बताए।

विजयी सबै प्रतियोगीहरूलाई आयोजक कमिटीद्वारा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रम सफल पार्न योगदान दिने सम्पूर्ण व्यक्तित्व, सहभागी विद्यार्थी, निर्णायक मण्डल र उपस्थित सम्पूर्ण दर्शकहरूलाई नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यक्रमलाई अझ व्यापक बनाउने आयजकले प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित