'लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा : अझै केही दिन देशैभर पानी पर्ने सम्भावना'

बैशाख २२, २०८२

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विज्ञापन
No data was found

अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन
No data was found

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विज्ञापन
No data was found

गण्डकी र लुम्बिनी प्रदेशका एक– दुई ठाउँमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

मधेश प्रदेशमा पनि मौसम आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यस्तै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित देशैभर पानी पार्ने प्रणाली थप सक्रिय भएको हो । काठमाण्डौ उपत्यकामा अहिले घाम लागे पनि वर्षाको सम्भावना भने कायमै छ ।

प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताउनुभयो । यो वर्षको हिउँदयाम सुक्खा नै बिते पनि प्रि–मनसुन शुरू भएपछि भने दिनहुँजसो पानी परिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित