'कांग्रेससँग लामो छलफल गरेर कुलमान हटाइएको हो : सञ्चारमन्त्री गुरुङ'

भदौ १०, २०८२

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्तासाझेदार नेपाली कांग्रेससँग लामो छलफल गरेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय भएको बताएका छन्।

विज्ञापन
No data was found

मंगलबार दिउँसो सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले कुलमानलाई हटाउन सत्तासाझेदार दलमा सहमतिसमेत भएको बताए। ‘कांग्रेससँग लामो छलफल गरेरै कुलमान हटाउने निर्णय भएको हो,’ उनले भने।

विज्ञापन
No data was found

प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको कार्यसम्पादन चित्त बुझ्दो नभएपछि स्पष्टीकरण सोध्न मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अख्तियार दिएको र मन्त्रालयले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नपाएपछि हटाइएको उनले जिकिर गरे। ‘स्पष्टीकरण सोधिएको विषयमा कुलमानले दिएको जवाफ चित्तबुझ्दो भएन। त्यसैले, मन्त्रिपरिषद्ले निर्णय गरेर हटाएको हो,’ उनले भने।

विज्ञापन
No data was found

सोमबार साँझको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णयका विरुद्ध सर्वसाधारण विरोधमा उत्रिएका छन्। सञ्चारमन्त्री गुरुङले लोकतन्त्रमा विरोध र समर्थन गर्न पाइने अधिकार भएको भन्दै कुलमान हटाउने निर्णयको बचाउ गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
100%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

[sharethis-reaction-buttons]
ताजा खबर
1

सीमा कडाइको असर – मलङवा बजारमा माछा अभाव, मूल्य आकाशियो

2

प्रसवकालीन स्याहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम मलङ्गवामा सम्पन्न

3

सर्लाहीमा मौसम धुम्म, केही स्थानमा वर्षा

4

कार्यालय समयमै उपस्थिति अनिवार्य -सर्लाहीमा प्रशासनको सक्रिय अनुगमन सुरु

5

मालपोत कार्यालय सर्लाहीको कडाइ – ५० मिटरभित्र लेखापढी निषेध

6

मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालनका निम्ति सर्लाहीमा स्थलगत निरीक्षण

7

सर्लाहीमा ७८औं विश्व स्वास्थ्य दिवसको अवसरमा म्याराथन,प्रथम,द्धितीय र तृतिय हुने पुरस्कृत

No data was found
यो पनि पढ्नुहोस

सर्लाहीमा लेखापढी व्यवसायीको विरोध, सरकारी सेवा प्रभावित